जिरी माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस यहि २०८२ मंसिर २५ गत्ते सरकार,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका श्रीमान् सचिव चुडामणि पाैडेलज्यूकाे गरिमामय प्रमुख आतिथ्यमा जिरी नपाका प्रमुख मित्रबहादुर जिरेल, CHERD का उपमहानिर्देशक महेन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिरी नपाका उपप्रमुख कृष्णमाया बुढाथोकी, ९२ वर्षिय संस्थापक सञ्चालक समिति अध्यक्ष टिकाबहादुर खड्काज्यूहरुकाे विशिष्ट आतिथ्य र विद्यालयले निमन्त्रणा गरेका अतिथिज्यूहरुकाे भव्य उपस्थितिमा चिन सरकारद्वारा नव निर्मित विशाल भौतिक संरचनाकाे उद्घाटन गरी भव्य र सभ्यरुपमा मनाइयाे । विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा नेपाल सरकारका पूर्व सचिव ई. श्री माधवकुमार कार्कीज्यूले प्रायोजन गर्नुभएको संस्थापक श्री लिलाबहादुर कार्की जिल्ला स्तरीय अन्तर मावि छात्र भलिबल प्रतियाेगिता र २०३६ सालदेखि २०४५ सालसम्म यस विद्यालयबाट SLC उत्तीर्ण गर्नुहुने पूर्व विद्यार्थी सम्मान कार्यक्रमकाे आयाेजना गरिएको थियाे । उक्त अवसरमा शैक्षिक सत्र २०८१ को SEE मा सतप्रतिशत नतिजा दिलाउन सफल शिक्षकहरु र वर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियाे ।